ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष आमन्त्रित कप फुटबल प्रतियोगिताको खेल आजबाट सुरु हुनेभएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ भने ११ गते सार्बजनिक भएको तालिका अनुसार खेल आजबाट सुरु हुने भएको आयोजक रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला २०८० आयोजक समितीले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने फुटबलखेल संयोजक रुपम अधिकारीले बताउनुभयो ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ ।
प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने तालिकामा जनाइएको छ ।