२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

चौथो छथर गाउँपालिका अध्यक्ष कप सुरु आज ३ खेल सम्पन्न

ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष आमन्त्रित कप फुटबल प्रतियोगिताको खेल आजबाट सुरु भएको छ ।


फुटबल प्रतियोगिताको पहिलो उद्घाटन खेलमा कर्मचारी भर्सेस राजनीतिक दलको मैत्रीपुर्ण खेलमा कर्मचारी टिमले १ का विरुद्ध २  गोल गर्दै जितहासिल गरेको छ । यस्तै म्याङलुङ नगरपालिकाले छथर गाउँपालिकालाई पेनल्टीमा ६ को विरुद्ध ७ गोल गर्दै पहिलो जित हात पारेको छ । त्यस्तै नव जागृती युवा क्लब धनकुटा ७ ले एफसि फाक्चामारालाई ० को विरुद्ध १ गोल गर्दै विजयी भएको छ यस्तै  लालीगुराँस नगरपालिका र मुनाल युवा क्लब जलजले बिच  भएको खेलमा मुनाल युवा क्लब    बिजयी भएको   खेल संयोजक रुपम अधिकारीले जानकारी दिनु भएको । 

प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ ।
प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने तालिकामा जनाइएको छ ।

Picture of शुभ खबर खबर

शुभ खबर खबर

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।