२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

चौथो छथर गाउँपालिका अध्यक्ष कप – २०८० सम्पन्न

चौथो छथर गाउँपालिका अध्यक्ष कप २०८० आइतबार सम्पन्न भएकोछ । ऐतिहासिक भदौरे पुर्णिमाको अवसरमा संचालित चौथो छथर गाउँपालिका अध्यक्ष कपमा ३ खेल खेलाइएका थिए जसमा अन्तर स्थानीय तह स्तरीय पुरुष फुटबल प्रतियोगीता, अन्तर स्थानीय तह स्तरीय पुरुष भलिबल प्रतियोगीता र अन्तर स्थानीय तह स्तरीय पुरुष ब्यडमिटन प्रतियोगीता खेल खेलाइएको थियो ।

चौथो गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा दमक झापाले चुमेको छ । हतुवागडी गाउँपालिका भोजपुरलाई २३–२५,१७–२५ र १७–२५ को सोझो सेटमा हराउँदै दमक नगरपालिका झापाले चुमेको हो ।

गत बर्षको विजेता बनेको दमकले यसबर्ष पनि विजयी बन्दै दोश्रो पटक छथर गाउँपालिका अध्यक्ष कप हात परेको छ । विजयी बने सँगै नगद १ लाख ५१ हजार चौथो गाउँपालिका अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । त्यस्तै उपविजेता बनेको हतुवागडीले ७५ हजार,ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

विजयी टिमहरुलाई छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले पुरस्कार प्रदान गर्नु भएको थियो । गत भदौ १४ गतेदेखी सुरु भएको प्रतियोगिता १७ गते सम्पन्न भएको हो । प्रतियोगितामा गृह जिल्ला तेह्रथुमका साथै धनकुटा,भोजपुर,झापा,मोरङ र ताप्लेजुङका १३ वटा टिमहरुको सहभागीता रहेको भलिबल खेल संयोजक राजकुमार थापाले जानकारी दिनु भयो । 

चौथो छथर गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितको उपाधिको सशस्त्र प्रहरी बलले संखुवासभा युवा क्लब मादिलाइ हराउँदै प्रहरीले उपाधी चुमेको हो । प्रहरीले २ को विरुद्ध ३ गोल गर्दै प्रहरीले उपाधी चुमेको हो ।

उपाधी चुमे संगै नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष कप,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको संखुवासभा युवा क्लब मादीले ७५ हजार,,मेडल र प्रमाणपत्र प्राप्त गरेको फुटबल प्रतियोगिता संयोजक रुपम अधिकारीले जानकारी दिनु भयो । प्रहरी म्यान अफ दि म्याज कुमार राई ,उत्कृष्ट गोलकिपर सुजन बि क ,उत्कृष्ट डिफेन्डर शिशिर तामाङ उत्कृष्ट मिड्फिल्डर बुद्धिमान राई, मादिका सर्वाधिक गोलकर्ता विजय भुजेल ,सर्वउत्कृष्ट खेलाडी जीवन मगर भएका छन । विजेता , उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले प्रदान गर्नु भएको थियो ।

व्याडमिन्टन प्रतियोगितामा संखुवासभाका सुनिल कार्की र भोजपुरका बिशाल तामाङको टिमले उचालेको छ । काठमाडौका हिमाल चन्द र संखुवासभाका पविन लिङथेपको टिमलाई हराउँदै कार्की र तामाङको टिमले उचालेको हो ।

उपाधी चुमे सँगै नगद ४१ हजार गाउँपालिाका अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गरेक छन । उपविजेता बनेको चन्द र लिङथेपको टिमले नगद २५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै धरानका सत्यम् सुब्बा र प्रकाश लिम्बुको टिम र नबिन सिलवाल र बिनोद कन्दङवाको टिम तेश्रो भएको व्याडमिन्टन प्रतियोगिताका संयोजक मिलन कटुवालले जानकारी दिनु भयो । तेश्रो भएका टिमहरुले नगद ७ हजार ५ सय नगद,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै प्रतियोगितामा सुनिल कार्की उत्कृष्ट खेलाडी बनेका छन । विजयी हुने सम्पुर्ण टिमलाई छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बु(सन्तोष तिगेला)ले पुरस्कार प्रदान गर्नु भएको थियो ।

गृह जिल्ला तेह्रथुमका साथै धनकुटा,संखुवासभा,भोजपुर,सुनसरी काठमाडौ लगायतका जिल्लाहरुको टिम प्रतियोगितामा सहभागीता रहेको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

Picture of शुभ खबर खबर

शुभ खबर खबर

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।