२०८२ माघ ७ मंगलवार
२०८२ माघ ७ मंगलवार

अनेरास्ववियु म्याङ्लुङ कमिटीको दोस्रो अधिवेशनबाट जानुका अधिकारी अध्यक्षमा निर्वाचित ।

अनेरास्ववियु म्याङ्लुङ कमिटीको दोस्रो अधिवेशनबाट जानुका अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नया कमिटी बनेको छ । कमिटीको उपाध्यक्षमा एलन लिम्बू , सचिवमा सिमान्त गुरागाँई,  सहसचिवमा टंक थापा, ऐश्वर्या जवेगु, आइस्मा लिम्बू र कोषाध्यक्षमा विन्जु कटुवाल चयन भएका छन् ।

सोमबार म्याङ्लुङ बजार स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यलयको हलमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत कमिटीका पदाधिकारी चयन गरेको अनेरास्ववियुका जिल्ला  सचिव ज्ञानु तिम्सिनाले जानकारी दिनुभयो ।

अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य तथा प्रशिक्षण विभाग प्रमुख आशिष तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष संजयकुमार तुम्वाहाम्फे सचिव शिव ढुंगाना छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला अनेरास्ववियुका प्रदेश उपसचिव रन्जना घतानि अनेरास्ववियु तेह्रथुमका अध्यक्ष बिनोद दुलाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन ढुंगाना, होम खापुङ, शुभभगत प्रधानाङ्ग लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

कार्यक्रममा नेकपा  एमाले जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी ईन्चार्ज क. नवीन खतिवडा , जिल्ला कमिटी उपाध्यक्ष दिपेश कटुवाल , अनेरास्ववियुका जिल्ला सचिव ज्ञानु तिम्सिना, अनेरास्ववियुका जिल्ला सहसचिवद्वय योगेश भट्टराई, रेनिशा राई, नेकपा एमाले जिल्ला जिल्ला तहका नेता तथा अनेरास्ववियु का जिल्ला तहका नेता लगायतको उपस्थिती रहेको थियो ।

Picture of admin

admin

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।