२०८२ माघ ४ शनिबार
२०८२ माघ ४ शनिबार

अनेरास्ववियु छथर गाउँपालिकाद्वारा न्यानो कपडा बितरण

अनेरास्ववियु छथर गाउँपालिका कमिटी तेह्रथुमको आयोजनमा श्री मार्ग देवि आधारभुत विद्यालय आङ्दिमका विद्यार्थीहरुलाई न्यानोकपडा वितरण गरिएको छ ।


छथर गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष सन्तवीर लिम्बुले अनेरास्ववियुको सो कार्य आफुलाइ राम्रो लागेको र उक्त विद्यालयलाई पालिकाको तर्फबाट २० हजार बराबरको न्यानो कपडा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


कार्यक्रममा छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू, उपाध्यक्ष तारा खरेल ढकाल, प्रवक्ता राजन नेपाली, जनसांस्कृतिक महासंघ जिल्ला संयोजक रोशन कार्की अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष दिपेश जंग कटुवाल, छथर कमिटी अध्यक्ष सुनिल खड्का लगायत विभिन्न कमिटीका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छथर पालिका कमिटी अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो ।

Picture of admin

admin

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।