२०८१ माघ २५ शुक्रबार
२०८१ माघ २५ शुक्रबार

रामबहादुर बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वराज्यमन्त्री लामा

काठमाडौं । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् ।

बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् ।

बमजनलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले बमजनलाई सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन् । उनले कानुनलाई सम्मान गर्दै अदालतमा हाजिर हुन भनेको बताइन् ।

‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो,’ उनले भनिन् । बरु आफूहरुले नै बम्जनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरीले आफैंले ससम्मान अदालतमा उपस्थित गराउने बताएको लामाले जानकारी दिइन् ।

बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरुलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिँदै छ ।

Picture of शुभ खबर खबर

शुभ खबर खबर

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।