विनोद भट्टराई
श्रावण ३० तेह्रथुम । बर्षौ देखी एकल रहि विभिन्न समस्यामा परिरहेका एकल ज्येष्ठ पुरुषहरुमा राज्यको नजर नपरिरहेकको बेला छथर गाउँपालिकाले भने सम्मानको कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । ६० बर्ष उमेर पुरा भै ६८ ननागेका ज्येष्ठ नागरिक एकल पुरुषहरुलाई गाउँपालिकाले सम्मान गरेको हो । पारिवारीक रुपमा एकल तथा श्रीमती नभएका एकल पुरुषहरु पहिचान गरि सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले पालिका भित्रका ४९ जना एकल ज्येष्ठ पुरुषहरुलाई दोसल्ला बार्षिक १२ हजार पोषण तथा औषधि खर्च र सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
निर्वाचनको बेला आफुहरु जनताको घरदैलोमा जादै गर्दा पारिवारक रुपमा एकल भएका तथा आफ्नो जीवन साथी नभएर एकल जीवनयापन गर्दै आएका नागरिकहरुको औषधि उपचार र पौष्टिक खानेकुराको आवश्यकतालाई मनन गर्दै कार्यविधि बनाएर पालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।
विगत ३ आर्थिक बर्ष देखी यो कार्यक्रम लागु गरि ज्येष्ठ एकल पुरुष नागरिहरुलाई पालिकाले सम्मान गर्दै आएको पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताउनुभयो । एकल महिलालाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएतापनि एकल पुरुषलाई भने यो सुविधा नहुदा उनिहरु समस्यामा परेका छन् तर यो समस्यालाई भने छथर गाउँपालिकाले सामान्य रुपमा भएपनि समाधानको बाटो पहिल्याएको छ ।
ज्येष्ठ नागरिक एकल पुरुषहरुले यसरी आफुहरुलाई सम्मान साथै खर्च वितरण गरेकोमा खुसि व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद दिएकाछन्। यो कार्यक्रम उदाहरणीय भएको र अरु स्थानिय तहले समेत अनुसरण गर्नुपर्ने लाभाम्वितहरुको भनाइ रहेको छ ।
यो कार्यक्रमले स्थानिय सरकार जनताको साथमा भएको अनुभुति दिलाएको छ । सुख र दुःखको साथी गाउँपालिका भएकोमा आफुहरुमा सहानुभुति प्रदान भएको ज्येष्ठ नागरिक एकल पुरुषहरुको भनाइरको छ ।