तेह्रथुम । असोज १२ र १३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा हुन गैरहेको नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा चर्चित नेता पुर्व मन्त्री लक्ष्मण तिवारीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सस्थापक सदस्य हुदै सचिबालय सदस्यको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेका तिवारीले यस पटक कोशी प्रदेशको सचिब पदमा आफ्नो उम्मेदवारी रहने वताए । कोशी प्रदेशको प्रथम अधिवेशनमा तिवारीले आफ्नो उम्मेदवारीलाई सशक्त ढंग बाट अघि वढाएका छन् । ०७३ देखी ०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष भएर पार्टीलाई हाँकेका तिवारी राजनीतिमा नेतृत्व क्षमता भएका, कुशल संगठन र चातुर्यपन भएका नेताका रुपमा चिनिन्छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाका ६ मध्ये पाँच स्थानीय तहमा एमालेका उम्मेदवार तिवारीकै नेतृत्वमा विजयी भएका थिए । त्यस्तै प्रदेशका दुई वटै र संघमा समेत एमालेका उम्मेदवार नै विजयी भएका थिए । पार्टीका उम्मेदवारलाई निर्वाचनमा विजयी गराउन तिवारीको महत्वपुर्ण भुमिका रहेको जिल्लाका पार्टी पङतीका नेता कार्यकर्ताहरुले अहिले पनि सम्झीरहेका छन् । प्रतिष्पर्धी अन्य राजनीतिक दलका नेता कार्याकर्ता संग समन्वयात्मक भुमिका खेलेर अगाडी वढ्न सक्ने खुवी भएका नेता तिवारी संग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ ।
पार्टीको नेतृत्व गरेर चुनावमा आफ्ना उम्मेदवारलाई जिल्लाका ६ मध्ये ५ वटा स्थानीय तहमा वहुमत सहित निर्वाचीत गराएपछि जिल्ला देखी केन्द्र सम्म नै पार्टी राजनीतिमा तिवारीको चर्चा चुलीएको थियो । तिवारीले सोही निर्वाचनमा पार्टीका उम्मेदवारलाई मात्र विजयी गराएनन्, आफु पनि प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भए । प्रदेश सभा सदस्य निर्वाचीत भएपछि तिवारी छोटो समय उधोग पर्यटन वन तथा वाताबरण मन्त्री समेत नियुक्त भएका थिए । छोटै समय मन्त्री भएका बखत पनि तिवारीले पर्यटन क्षेत्रको माद्यम बाट देशलाई कसरी आर्थिक रुपमा बलीयो वनाउन सकिन्छ ? भनेर गुरुयोजना वनाएका थिए । प्रदेश सभा सदस्यको रुपमा संषदमा जनताका दैनिक जनजिविका देखी विकास निर्माण र सुशासनका पक्षमा तिवारीले निरन्तर आवाज उठाई रहे । बिषय वस्तुमा राम्रो ज्ञान राख्ने, स्पष्ट वक्ता र भाषण कलामा समेत राम्रो ज्ञान भएका तिवारीले संषदमा रहेका अन्य राजनीतिक दलका नेतालार्ई मिलाएर अघि वढ्न सक्ने नेताको रुपमा पहिचान वनाएका थिए ।
युवा अवस्था देखी नै पर्यटन क्षेत्रको विकास बाट नेपालमा आर्थिक क्रान्ती सम्भव छ भनेर अभियान चलाउदै आएका तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई प्रचार प्रसार गरेर चिनाउने काम गरे । अहिले यो क्षेत्र नेपाल र भारत मात्र नभएर तेस्रो मुलुका नागरिकका लागि चर्चित पर्यटकीय गन्तव्यको रुपमा कहलीएको छ । तिवारीकै पहलमा टिएमजे क्षेत्रलाई नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख १ सय पर्यटकीय गन्तव्य चुचीमा समेटेको छ ।
०४२ सालमा मैवाखोला माबि ढुङेसाघु ताप्लेजुङ बाट अनेरास्ववियु प्रारम्भीक कमिटिको उपाध्यक्ष भएर बामपन्थी राजनीतिमा होमीएका तिवारी ०४४ सालमा हातिसार क्याम्पस धरानको अनेरास्ववियु प्रारम्भीक कमिटीको उपसचिवमा निर्वाचीत भए । ०४८ सालमा आरआर क्याम्पस प्रर्दशनी मार्ग काठमाडौमा अनेरास्ववियु प्रारम्भीक कमिटि सदस्य भएर काम गरे । तिवारी संग ०५१ सालमा जिल्ला खेलकुद बिकास समिति तेह्रथुमको अध्यक्ष भएर जिल्लाको खेलकुद क्षेत्रको विकासमा काम गरेको अनुभव पनि छ । तिवारीले ०५४ देखी ०५९ साल सम्म जिविस सदस्य निर्वाचीत भएर जिल्लाको विकास निर्माणका कामको अगुवाई गरेका थिए ।
नेकपा एमालेको आठौ, नवौ र दसौ राष्ट्रिय महाधिवेशनमा तेह्रथुम जिल्ला बाट प्रतिनिधित्व गरेर केन्द्रीय राजनीतिमा जिल्ला पार्टीको उपस्थितीलाई सशक्त रुपमा देखाएका तिवारी संग जलविद्युत र बैंकिङ क्षेत्रको समेत अनुभव छ । तेह्रथुम जिल्लाको बिकास र समृद्धिको अगुवाई गर्ने नेताका रुपमा चिनिएका तिवारीले आफ्नो उम्मेदवारीले पार्टीलाई स्थानीय तह देखी प्रदेश हुदै केन्द्रीय राजनीतिमा समेत जोढ्ने वताए ।
by
शुभ खबर खबर
२०८१ जेष्ठ १८ गते, शुक्रबार
by
शुभ खबर खबर
२०८१ बैशाख २७ गते, बिहीबार
by
शुभ खबर खबर
२०८१ बैशाख २७ गते, बिहीबार
by
शुभ खबर खबर
२०८१ बैशाख ९ गते, आईतवार
by
शुभ खबर खबर
२०८० चैत्र २४ गते, शनिबार
by
शुभ खबर खबर
२०८० चैत्र २४ गते, शनिबार