२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

इस्कोन विराटनगरले सप्ताहव्यापी श्रीमद् महा भागवत् गर्ने ।। वाचक विश्व प्रसिद्ध श्रद्धेय लाल गोविन्द प्रभुजी ।।


विराटनगर जलजला रंगेलीरोड स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले भागवत् सप्ताहको आयोजना गर्ने भएको छ । इस्कोन विराटनगरले १ गतेदेखि ७ गतेसम्म भागवत सप्ताहको आयोजना गर्न लागेको हो । श्रीमद् महा भागवत विराटनगरको तीनपैनी स्थित खाटु श्याम मन्दिरमा हुने भएको छ ।मंगलबार पत्रकार सम्मेलन गरी सम्पुर्ण परिवारको कल्याण तथा सम्पुर्ण पितृको उद्धारका लागी श्रीमद् महा भागवत् गर्न लागिएको आयोजक समिति इस्कोन विराटनगरका सचिव भानुभक्त जोसीले जानकारी दिनु भयो ।
श्रीमद् महा भागवत् कथा वाचकका रुपमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आध्यात्मिक भागवत् वक्ता श्रद्धेय लाल गोविन्द प्रभुजी आउनुहुने छ । उहाँले हिन्दी भाषाद्धारा सरल र सुन्दर शैलीमा भागवत् कथा वाचन गर्नुहुनेछ । पेशाले सफ्टवेयर कम्प्युटर इन्जिनियर भएपनि आफ्नो गहिरा र प्रेरणादायक प्रवचनहरुले देश तथा विदेशमा परिचित हुनुहुन्छ ।
विराटनगर–२ स्थित तीनपैनीको श्याम मन्दिरको हलमा प्रत्येक दिन दिनको ३ बजेदेखि ७ बजेसम्म श्रीमद् महा भागवत कथा हुनेछ । इस्कोन विराटनगरले भागवत कथालाई भव्य रुपमा सम्पन्न गर्न डा. राहुल सरावगीलाई संयोजकको जिम्मेवारी दिएको छ । भागवत् कथामा अन्तराष्ट्रिय संगीतकार टोली उपस्थिती रहने ,सांस्कृतिक कार्यक्रम हुने साथै कथा श्रवणमा आउनुहुने सम्पूर्ण भक्तजनहरुलाई प्रसादम वितरण गरिने समेत सचिव जोशी जानकारी दिनुभयो ।

Picture of Alisha Raya

Alisha Raya

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।