२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

सुनसरीको इटहरीमा शंकास्पद बस्तु बम नभएको पुष्टि //

इटहरी उपमहानगरपालिकाको गेटअगाडि र बुढिखोलाको पुल नजिक शंकास्पद वस्तु राखिएको थियो । भेटिएका दुई शंकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख सुमनकुमार तिम्सिनाले बताए । उपमहानगरअगाडि भेटिएको शंकास्पद वस्तु बम नभएर कुकरलाई बम जस्तो आकृति बनाई झुक्याउनको लागि बनाइएको वस्तु भएको खुलेको उनको भनाइ छ ।

उपमहानगरअगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ ।उपमहानगरपालिकाको गेटअगाडि भेटिएको शंकास्पद वस्तुसँगै केही पर्चा प्रहरीले भेटेको छ । राष्ट्रिय सुरक्षा दलको लेटरप्याडमा विभिन्न मागहरू राखिएको पर्चा फेला परेको हो ।

पर्चामा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, वैदिक सनातन हिन्दु राष्ट्र, संघीयता खारेजी, बलियो स्थानीय तहलगायतका माग गरिएका छन् । पर्चामा आफ्ना मागहरूलाई सरकारले ४० दिनभित्र पूरा गर्न चेतावनीसमेत दिइएको छ ।

प्रहरीले आतंक फैलाउनेहरू पहिचानको क्रममा रहेको जनाएको छ । विगतमा यस्तै घटनाम संलग्नहरूमाथि ुस्क्रिनिङु गर्दै अनुसन्धान भइरहेको एक प्रहरीको भनाइ छ ।

Picture of Alisha Raya

Alisha Raya

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।