तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पालिका स्तरीय छैटौ प्रतियोगिता तथा पन्ध्रौ राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिताकाे ओैपचारीक उद्घाटन समाराेहको अवसरमा शैक्षिक सत्र २०८० मा छथर गाउँपालिका बाट शारदा माध्यमिक विद्यालयले ६७.६३ प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै गाउँपालिकाले सम्मान गरेको छ । सम्मानित विद्यालयलाई गाउपालिकाले कदर पत्र सहित सम्मान र उच्च प्रशंसा सहित बधाई ज्ञापन गरेकाे छ ।

शनिवार देखि संचालन भएको पालिका स्तरीय छनौट प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयका खेलाडीहरूकाे आकर्षक मार्चपास सहित उद्घाटन समाराेहमा सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्र सुक्रबारे बजारकाे खुल्ला मञ्च बाटसुरू भएकाे खेलकुद कार्यक्रम छथर खेलमैदान, सरस्वती मा.वि काे खेलमैदान र छथर खुल्ला मञ्च मैदानमा विभिन्न खेलकुद सहित शनिबार बाट ३ दिन खेलकुद हुने गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत असाेक पराजुलीले बताउनु भयाे ।

विद्यालयमा लुकेर रहेका प्रतिभाहरू बाहिर आउने र हुर्किदाे भाेलिका भविष्य बाेकेका वालवालिकाहरूलाई उचित संरक्षण र ससक्तिकरण गर्दै अनुशासित नागरीक र समाजकाे जिम्मेवार नागरिक निर्माणमा याेगदान पुर्याउने गाउपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयाे ।
प्रतियोगितामा भाग लिने विद्यालयहरु बिच आन्तरिक प्रतिष्पर्धा बाट छनाैट हुने खेलाडीहरू जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने भएका छन ।