
नेकपा एमाले छथर पालिका कमिटीकाे विस्तारित बैठक तथा नयाँ सिफारिस संगठीत सदस्यहरूलाई सपथ ग्रहण समाराेह भब्यताका साथ सम्पन्न भएकाे छ ।
बैठकलाई सम्बाेधन गर्दै नेकपा एमाले केन्द्रीय निर्वाचन आयाेग अध्यक्ष क. विजय शुब्वाले संगठनलाई सुदृढ र सशक्त बनाउनुपर्नेमा बिशेष जोड दिनुपर्ने बताउनुभएको छ ।
यस्तै जिल्ला ईन्चार्च टंक आङ्बुहाङ्ग, पालिका ईन्चार्ज विष्णुमाया वि.क., प्रदेश सचिवालय सदस्य/ पुर्व मन्त्री लक्ष्मण तिवारी, जिल्ला कमिटी अध्यक्ष तेजमान कन्दङ्वा, जि.क. उपाध्यक्ष संजय तुम्बाहाम्फे,र केन्द्रीय सल्लाहकार परिषद सदस्य कृष्ण गड्ताैला, केशव भट्टराई, लगायत जि.क. सचिवालय,सदस्यहरुको उपस्थितिमा नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ ।
यस्तै उपस्थित सम्पुर्णमा आभार प्रकट गर्दै छथर पालिका कमिटी सचिव तथा छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले सहभागीताका लागी पालिका कमिटी, वडा पदाधिकारी, नयाँ संगठित सदस्यहरू, जनप्रतिनिधीहरू सबैमा , सुचना र संचार समन्वयका लागी वडा कमिटी,अध्यक्ष/सचिव लगायत सम्पुर्णमा हार्दीक धन्यवाद प्रकट गर्नुभएको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् ।
मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार छोराले आज सोमबार बिहान करिब साढे १० बजे धारिलो हतियार बाम्फोक प्रहार हत्या गरेका हुन् । प्रहरी निरीक्षक कार्कीका अनुसार छोरालाई बाम्फोक सहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
आज मध्यान्ह १२ बजे घटनाको बिबरण प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोलि खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी चौकी साँघुको टोलि घटनास्थलमा पुगि सो स्थानलाई सुरक्षित गरेका छन् । यस्तै थप अनुसन्धान तथा कानुनी प्रक्रिया लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोलि खटाइएको बताइएको छ । रेडियो तमोरबाट