
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख १८ हजार ६ सय रुपैयाँमा छापावल सुन, एक लाख १८ हजार ५० रुपैयाँमा तेजावी सुन खरिद बिक्री भएको थियो । यस्तै, एक हजार ४१५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
काठमाडौं । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् ।
बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् ।
बमजनलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले बमजनलाई सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन् । उनले कानुनलाई सम्मान गर्दै अदालतमा हाजिर हुन भनेको बताइन् ।
‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो,’ उनले भनिन् । बरु आफूहरुले नै बम्जनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरीले आफैंले ससम्मान अदालतमा उपस्थित गराउने बताएको लामाले जानकारी दिइन् ।
बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरुलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।
प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिँदै छ ।




