२०८२ कार्तिक ३ आईतवार
२०८२ कार्तिक ३ आईतवार

के हाम्रा बालबालिकाहरुले स्वस्थ खानेकुरा खाइरहेका छन् ? के साँच्चै उनीहरुले उमेर अनुकूल पर्याप्त पोषक तत्वहरु पाइरहेका छन् त ?

शतप्रतिशत छैन । किनभने पाँच वर्षमुनिका करिब एक लाख (३६ प्रतिशत) बालबालिका दीर्घ कुपोषण (उमेर अनुसार कम कद)को सिकार भएका छन् । जबकि १० प्रतिशत बालबालिका पोषणको अभावमा उमेर अनुसारको हुनुपर्ने भन्दा कम तौल छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको वर्तमान तथ्यांकले यही भन्छ ।

कारण

सामान्यतया कुपोषण खानेकुराको अभावले हुन्छ । तर नेपालमा भने खाने कुरा भएर पनि खुवाउन नजानेर पौष्टिक आहारको कमी भई बालबालिकामा कुपोषण देखिन्छ ।

बालबालिकालाई उमेरअनुसार खानेकुरा सन्तुलित ढंगले दिन नसक्दा पनि बालबालिका कुपोषणको सिकार बनेका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा ७० प्रतिशत ६ महिनादेखि ३६ महिनाका शिशुको शारीरिक तथा मानसिक वृद्धि विकास नगर्ने खालका खानेकुरा खाइरहेका हुन्छन् ।

नेपालमा शिशुलाई फलफूल र तरकारी भन्दा बढी गुलियो खानेकुरा दिइएको पाइन्छ । नेपालमा एक वर्षदेखि २३ महिनासम्मको बच्चालाई ४३ प्रतिशत गुलियो पेय र खानेकुरा दिइने गरेको सर्वेक्षणले देखाउँछ । अर्को भनेको काठमाडौं उपत्यकामा ४८.५ प्रतिशत आमाबुबाले पोषणयुक्त खानेकुरा मिलाएर दिनुको सट्टा आफू अनुकूल खाजा खान दिने गरेको पाइएको छ ।

यो तथ्यांकले पनि बालबालिकाको विकासमाथि अस्वस्थकर अभ्यास भएको देखाउँछ ।

त्यति मात्र होइन, अहिले बजारमा अनेकौं नामका आकर्षक देखिने बजारीया खानेकुरा छन् । यस्ता खानेकुराको बच्चालाई बानी लगाउँदा उनीहरु अस्वस्थकर जंकफुडसँग नजिक र फाइबर, भिटामिनयुक्त खानेकुराबाट टाढा भइरहेका हुन्छन् ।

अर्को भनेको पाहुना लाग्दा बालबालिका छन् भने झोलामा चकलेट, चाउचाउ, लेज जस्ता खानेकुरा लैजाने चलन पनि नेपालमा छ । अभिभावकलाई पनि त्यही कोसेली खाजा दिन सहज हुन्छ । यसरी पनि बालबालिका बाहिरको खानेकुरा प्रति लोभिएको पाइन्छ । उनीहरुको जिब्रोलाई घरको दाल, भात, तरकारी भन्दा स्वादिलो बजारका आकर्षक खानेकुरा रोजाइमा पर्छ ।

त्यस्तै, अधिकांश आमाले समय अभाव देखाउँदै बालबालिकालाई तयारी खानेकुरा (जंकफुड) खुवाउने गरेका कारण पनि कुपोषणको समस्या बढेको देखिएको छ । ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्नेमा यसको पूर्ति गर्न बजारमा पाइने प्याकेटका खानेकुरा खुवाउँदा आठ महिनादेखि २४ महिनासम्मको बच्चालाई बीचमा कुपोषण हुनसक्छ ।

कुपोषणको अभावमा स्वास्थ्य समस्या

गलत खानपानले स्वास्थ्यबर्द्धक खानेकुरालाई प्रतिस्थापन गर्छ । जसले बच्चाको वृद्धि विकासका लागि अपरिहार्य पर्ने पोषक तत्वबाट वञ्चित गराउँछ ।

यस्ता अभ्यासले बालबालिकाको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक क्षमतालाई समेत प्रभावित गर्छ । जो बच्चाले बढ्ने उमेरमा स्वस्थकर खानेकुरा पर्याप्त खान पाउँदैन । उनीहरुको बौद्धिक क्षमता कमजोर हुन्छ । कुपोषणको कारण बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुन्छ ।

अति प्रशोधित तथा जंकफुडमा हुने अत्याधिक नुन र रसायन, बोसोयुक्त खानेकुरा, अनावश्यक वजन बढाउने भविष्यमा अन्य नसर्ने दीर्घकालीन रोगलाई बढावा दिन्छ । त्यस्तै, अत्याधिक गुलियो र कृत्रिम मिठाइ, आइसक्रिम, मिठाइले दाँतमा समस्या ल्याउन सक्छ ।

यस्तोमा ६ देखि २३ महिनाको बच्चामा पोषणको आवश्यकता अन्य उमेरभन्दा उच्च हुन्छ । यो अवस्थामा पोषणको अभाव भएमा प्रतिरोधात्मक क्षमता कम हुने, संज्ञात्मक विकास कम हुने, शारीरिक गतिविधि स्वस्थ बालबालिकाको तुलनामा कम हुने, कामहरु सुस्त हुने जस्ता समस्या देखा पर्न सक्छन् ।

के गर्ने ?

जन्मिएको एक वर्षसम्म पर्याप्त मात्रामा स्तनपान गराउनुपर्छ । त्यस्तै दुई वर्ष वा सो भन्दा माथिका बालबालिकामा मागअनुसार स्तनपान गराउने, घरमा पकाएका खानेकुरा जस्तै, लिटो, खिचडी, जाउलो, मासु, अण्डा, फलफूल र हरियो सागसब्जी जस्ता खानेकुरा सन्तुलित मात्रामा दिनुपर्छ ।

यी खानेकुरामा शरीरको विकासका लागि चाहिने भिटामिनका स्रोत, खनिज, क्याल्सियम, म्यागनेसियम, प्रोटिन जस्ता पौष्टिक तत्व समावेश गर्नुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउने बानी गराउनुपर्छ । बाहिरका खाना भन्दा घरका खाना धैरै खुवाउने गर्नुपर्छ ।

खानेकुरा त दिने तर दैनिक कति मात्रामा दिने त ? बच्चाका शरीरको भिन्दाभिन्दै शारीरिक बनावट हुन्छ । सो अनुसार शरीरले खानेकुरा माग गर्छ । यस्तोमा उनीहरुलाई दैनिक कति मात्रामा खानेकुरा दिने भन्ने जानकारी लिन पोषणविद्सँग परामर्श लिन सकिन्छ ।

खानेकुरा दिने मात्र होइन, खानेकुरा खाँदा ध्यान उनीहरुमै केन्द्रित रहेर खानेकुरा खुवाउनुपर्छ । सकेसम्म बजारीया खानेकुरा बढ्ने उमेरमा नदिनु उचित हुन्छ ।

सरकारले पनि सचेतनाका लागि ग्रामीणदेखि सहरी क्षेत्रमा पोषणसम्बन्धी ज्ञानबारे कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

बच्चालाई कसरी खुवाउने ?

– हरेक दिन पाँच अलग-अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ । ताकि, कुनै खानेकुरा लगातार खाएर उनीहरु दिक्क नबनुन् ।

– बच्चालाई थरीथरी रंगले लोभ्याउँछ । यस्तोमा खाना आकर्षक बनाउन सलाद, काँचो फल र तरकारी काटेर केही सजावट गरेर दिन सकिन्छ ।

– बच्चालाई खुवाउन बल प्रयोग गर्नुहुँदैन । मायाले सम्झाएर खुवाउनुपर्छ ।

–  बच्चालाई घरभित्र वा बाहिर खेल्न दिनुपर्छ, जसले उनीहरुलाई भोकको महसुस होस् र खानामा रुचि बढोस् ।

– जंकफुड सकेसम्म ठूलो उमेर भएपछि मात्र दिनुपर्छ । सानो उमेरमा जति जंकफुडबाट टाढा राख्यो त्यति राम्रो हुन्छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् ।

कार्कीलाई संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका सांसहरुको सनाखत सुरु भएको हो

एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ ।

अहिले सनाखत भैरहेको छ । सनाखतपछी कार्की मुख्यमन्त्रीमा नियुक्त हुनेछन् भने आजै सपथ गराउने तयारी छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् ।

उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज बिहान प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने बताए । ‘हामी दाबी पेश गर्न जान्छौै, उपधारा ५ भएकाले प्रदेश प्रमुखले सनाखत गराउनुहुन्छ होला’, उनले भने, ‘कहिले सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको विषय हो, हामी तयार छौं ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

आजै समर्थनको सनाखत गर्ने तयारी गरेका २ दलले आफ्ना सांसदलाई विराटनगर बोलाएका छन् । उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण आजै दाबी पेशपछि सांसदको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ती दिएका थिए ।

सर्वोच्च जाने तयारीमा केदार का‍र्की

प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वाेच्च अदालत जाने तयारीमा छन् ।

सरकार गठन आह्वानविरुद्ध सर्वाेच्चमा मुद्दा पर्ने भन्दै एमाले र माओवादी केन्द्रले दबाब दिएका कारण दाबीपछि आजै समर्थकको सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ।गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ। 

मृत्यु भएका बालक कसरी डुबे भन्ने बारेमा स्थानीय बीचमा विवाद भएकाले घटनास्थल सुरक्षित राखी अनुसन्धान भइरहेको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।

शाभार

वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ कोे उपनिर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ ।

बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुग्नुभएका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनुभएको छ ।

सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

छथर गाउँपालिका तेह्रथुमले केही दिन यता सामाजिक सञ्जालमा छथर गाउँपालिकाको कार्यालयको जनप्रतिनिधी तथा कर्मचारीहरुको विषयमा स्वतन्त्र नागरिकको भुुमिका बिर्सेर कानुन हातामा लिई प्रचलित कानुन तथा नियम विपरित आम नागरिकहरुमा भ्रमित गर्नेगरी प्रचार प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार गाउँपालिकाका प्रवक्ता राजन नेपालीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले ध्यानाकषर्ण भएको जनाएको छ ।

छथर गाउँपालिका अध्यक्षको सचिवालयले सार्वजानिक गरेको विज्ञप्तीमा सरकारी सम्पत्तीको दुरुपयोग सम्बन्धी वा अन्य विषयमा कुनै पनी नागरिकको गुनासो भएमा सम्बन्धीत निकायमा उजुरी गर्ने र सुचनाको हक प्रयोग गरी जानकारी गराई कानुनी उपचारको दायरामा ल्याउन सक्ने प्रकृयालाई उलंघन गर्दै प्रचलित कानुनी मर्मलाई उपहास गरी अमर्यादि तवरले मानहानी हुनेगरी कार्यालयका व्यक्तीलाई आँच आउने गरी गलत प्रचार गर्ने कार्य तत्काल रोक्न सम्बन्धित व्यक्ती वा पक्षलाई अनुरोध गरिएको छ ।
गाउँपालिकामा कार्यरत जनप्रतिनिधी र कर्मचारीहरुको परिचालनका बारेमा मौजुदा प्रचलित कानुनको अधिन र गाउँपालिकाको निर्णय तथा नियमानुसार कार्यन्वयन हुने भएको र नागरिकको गुनासो भए तत्काल गाउँपालिकामा निवेदन वा सुचना गर्न सकिने र अन्याथ गलत सुचना तथा प्रचार बारे नजिकबाट अनुसन्धान भई रहेको र कार्यालयको तर्फबाट कानुनी उपचार खोजिने विज्ञप्तीमा जनाईको छ ।
छथर गाउँपालिका अध्यक्षको सचिवालयद्धारा जारी विज्ञेप्ती हेर्नुहोस्

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख १८ हजार ६ सय रुपैयाँमा छापावल सुन, एक लाख १८ हजार ५० रुपैयाँमा तेजावी सुन खरिद बिक्री भएको थियो । यस्तै, एक हजार ४१५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । 

काठमाडौं । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् ।

बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् ।

बमजनलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले बमजनलाई सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन् । उनले कानुनलाई सम्मान गर्दै अदालतमा हाजिर हुन भनेको बताइन् ।

‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो,’ उनले भनिन् । बरु आफूहरुले नै बम्जनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरीले आफैंले ससम्मान अदालतमा उपस्थित गराउने बताएको लामाले जानकारी दिइन् ।

बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरुलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिँदै छ ।

अनेरास्ववियु छथर गाउँपालिका कमिटी तेह्रथुमको आयोजनमा श्री मार्ग देवि आधारभुत विद्यालय आङ्दिमका विद्यार्थीहरुलाई न्यानोकपडा वितरण गरिएको छ ।


छथर गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष सन्तवीर लिम्बुले अनेरास्ववियुको सो कार्य आफुलाइ राम्रो लागेको र उक्त विद्यालयलाई पालिकाको तर्फबाट २० हजार बराबरको न्यानो कपडा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


कार्यक्रममा छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू, उपाध्यक्ष तारा खरेल ढकाल, प्रवक्ता राजन नेपाली, जनसांस्कृतिक महासंघ जिल्ला संयोजक रोशन कार्की अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष दिपेश जंग कटुवाल, छथर कमिटी अध्यक्ष सुनिल खड्का लगायत विभिन्न कमिटीका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छथर पालिका कमिटी अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।