२०८२ कार्तिक ३ आईतवार
२०८२ कार्तिक ३ आईतवार

मार्गा पाेखरी ।

एेतिहासिह पञ्चकन्या मा‍. वि. छथर – ३

ताक्लुङ गडी

२१ मङ्सिर, चितवन । चितवन जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ ।

यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ ।

यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । प्रतिहेक्टर चार दशमलव २६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए ।

सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए ।

उनले भने, ‘समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो ।’

समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए । धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताए ।

अनेरास्ववियु म्याङ्लुङ कमिटीको दोस्रो अधिवेशनबाट जानुका अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नया कमिटी बनेको छ । कमिटीको उपाध्यक्षमा एलन लिम्बू , सचिवमा सिमान्त गुरागाँई,  सहसचिवमा टंक थापा, ऐश्वर्या जवेगु, आइस्मा लिम्बू र कोषाध्यक्षमा विन्जु कटुवाल चयन भएका छन् ।

सोमबार म्याङ्लुङ बजार स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यलयको हलमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत कमिटीका पदाधिकारी चयन गरेको अनेरास्ववियुका जिल्ला  सचिव ज्ञानु तिम्सिनाले जानकारी दिनुभयो ।

अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य तथा प्रशिक्षण विभाग प्रमुख आशिष तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष संजयकुमार तुम्वाहाम्फे सचिव शिव ढुंगाना छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला अनेरास्ववियुका प्रदेश उपसचिव रन्जना घतानि अनेरास्ववियु तेह्रथुमका अध्यक्ष बिनोद दुलाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन ढुंगाना, होम खापुङ, शुभभगत प्रधानाङ्ग लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

कार्यक्रममा नेकपा  एमाले जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी ईन्चार्ज क. नवीन खतिवडा , जिल्ला कमिटी उपाध्यक्ष दिपेश कटुवाल , अनेरास्ववियुका जिल्ला सचिव ज्ञानु तिम्सिना, अनेरास्ववियुका जिल्ला सहसचिवद्वय योगेश भट्टराई, रेनिशा राई, नेकपा एमाले जिल्ला जिल्ला तहका नेता तथा अनेरास्ववियु का जिल्ला तहका नेता लगायतको उपस्थिती रहेको थियो ।

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा विपद् जोखिम प्रतिकार्य सम्बन्धि क्षमता विकास तथा आगलागी जोखिम प्रतिकार्य नमुना अभ्यास दुई दिवसिय कार्यक्रम उद्घाटन गरिएको छ ।

छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु(सन्तोष तिगेला)ज्युको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी श्री कृष्ण पाैडेल ज्युको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख श्री राजन चापागाईं,शसस्त्र प्रहरि वल नेपाल ३ नम्बर गुल्म जिरिखिम्तिका प्रमुख श्री लाल बहादुर चन्द,सत्रुमर्धन गुल्माका सेनानि श्री विप्लव थापा,कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथुमका प्रमुख श्री कृष्ण रिजाल श्री ,डिभिजन वन कार्यालयका निमित्त प्रमुख श्री त्रिभुव शाह,छथर गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री गुणराज बानियाँ,सबै वडा का वडा अध्यक्ष ज्युहरु माध्यमिक विद्यालयका प्रधानध्यापक ज्युहरु,विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु, सामुदायिक बन उपभोक्ता महासंघ तेह्रथुमका अध्यक्ष श्री बुद्धिमान खुलाल ज्यु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागीतामा कार्यक्रम उद्घाटन गरिएको प्रवक्ता राजन नेपालीले जानकारी दिनु भयो ।

कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति, तेह्रथुम र छथर गाउँपालिकाको कार्यालय, तेह्रथुमको आयोजनामा कार्यक्रम संचालन भएको छ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक  विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् । त्यहाँ मानवीय क्षति भएको छैन।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोट प्रस्थान गरेको छ।यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ। प्रहरी नायव उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ।

यस्तै बाँकेस्थित न ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु बाट डा रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनााएको छ।

यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको थियो।

तेह्रथुम १७ कार्तिक तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थलमा रहेको लसुने बजारमा दिपावली मेलाको अवसरमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

लालीगुराँस नगरपालिकाको सहयोग तथा रियल लसुने युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु हुने भएको हो । यही कार्तिक २० गतेदेखी २५ गतेसम्म प्रतियोगिता हुने भएको खेल संयोजक सुमन लिम्बुले जानकारी दिनु भयो ।

प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ दिपावली कप,मेडल प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने रियल लसुने क्लबका अध्यक्ष रतन लिम्बुले बताउनु भयो ।

त्यस्तै प्रतियोतिाका कोशी प्रदेशका विभीन्न १२ टिमको सहभागीता रहेका छन । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिईने भएको क्लबका सल्लाहारका हिम थापाले बताउनु भयो । क्लबले विगत देखि नै विभीन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको जनाएको छ । प्रतियोगिता लालीगुराँस नगरपालिकाको वडा नं ७ र ९ को संगम स्थलमा रहेको लसुने बजार नजिकै रहेको खेलमैदानमा सञ्चालन हुने भएको छ ।

विभिन्न कारणले एकल रहेका ज्येष्ठ पुरुषहरुलाई सम्मान पत्र साथै नगद १२ हजार हस्तान्तरण गरिएको छ । बिहिबार तेह्रथुमको छथर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै पालिका भित्रका ५३ जना एकल पुरुषलाई सम्मान गरेको हो ।
गाउँपालिकाले २०७८ साल बाट आफ्नो गाउँपालिका भित्र रहेका ज्येष्ठ एकल पुरुष नागरिकहरु पहिचान गरी सम्मान तथा पोषण आहार वापदको बार्षिक रु १२ हजार प्रदान गर्दै आएको छ ।


६० बर्ष पुरा गरि नेपाल सरकारको सामाजिक सुरक्षा भक्ता कार्यक्रममा सहभागी नभएका एकल रुपमा बस्दै आएका पुरुषहरुलाई गाउँपालिकाले अभिभावकत्व प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो ।
एकलरुपमा बस्दैगर्दा खर्चको अभाव हुने र काम गरेर कमाउन नसकिने यो उमेरमा पालिकाले यसरी सम्मान साथै आर्थिक रकम प्रदान गरेकामा खुसि भएको कार्यक्रममा सम्मानित एमनाथ ढकालले बताउनुभयो ।


यो कार्यक्रम नागरिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई मार्फत संचालन गरिएको हो । यसरी ज्येष्ठ एकल पुरुष नागरिकहरु सामु गाउँपालिकाले सम्मान साथै पोषण आहार वापदको बार्षिक रु १२ हजार प्रदान गर्ने कामले आगामि बर्षहरुमा समेत निरन्तरता पाउने र यो कार्यक्रम अरु स्थानियतहरुले समेत अनुसरण गर्नुपर्ने नागरिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई प्रमुख रोशन कार्कीले बताउनुभयो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–

पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)–

सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–

कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस । लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–

आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । सरकारी वा प्रशासनिक समस्या हल हुनेछ । व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–

राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस, अनिमात्र प्रयास गर्नुहोला । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–

अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–

सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–

हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–

क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला, त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाती हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

काठमाडौँ — दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारले बताए ।

अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने उनले बताए ।

दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ ।

तेह्रथुम । असोज १२ र १३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा हुन गैरहेको नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा चर्चित नेता पुर्व मन्त्री लक्ष्मण तिवारीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सस्थापक सदस्य हुदै सचिबालय सदस्यको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेका तिवारीले यस पटक कोशी प्रदेशको सचिब पदमा आफ्नो उम्मेदवारी रहने वताए । कोशी प्रदेशको प्रथम अधिवेशनमा तिवारीले आफ्नो उम्मेदवारीलाई सशक्त ढंग बाट अघि वढाएका छन् । ०७३ देखी ०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष भएर पार्टीलाई हाँकेका तिवारी राजनीतिमा नेतृत्व क्षमता भएका, कुशल संगठन र चातुर्यपन भएका नेताका रुपमा चिनिन्छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाका ६ मध्ये पाँच स्थानीय तहमा एमालेका उम्मेदवार तिवारीकै नेतृत्वमा विजयी भएका थिए । त्यस्तै प्रदेशका दुई वटै र संघमा समेत एमालेका उम्मेदवार नै विजयी भएका थिए । पार्टीका उम्मेदवारलाई निर्वाचनमा विजयी गराउन तिवारीको महत्वपुर्ण भुमिका रहेको जिल्लाका पार्टी पङतीका नेता कार्यकर्ताहरुले अहिले पनि सम्झीरहेका छन् । प्रतिष्पर्धी अन्य राजनीतिक दलका नेता कार्याकर्ता संग समन्वयात्मक भुमिका खेलेर अगाडी वढ्न सक्ने खुवी भएका नेता तिवारी संग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ ।
पार्टीको नेतृत्व गरेर चुनावमा आफ्ना उम्मेदवारलाई जिल्लाका ६ मध्ये ५ वटा स्थानीय तहमा वहुमत सहित निर्वाचीत गराएपछि जिल्ला देखी केन्द्र सम्म नै पार्टी राजनीतिमा तिवारीको चर्चा चुलीएको थियो । तिवारीले सोही निर्वाचनमा पार्टीका उम्मेदवारलाई मात्र विजयी गराएनन्, आफु पनि प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भए । प्रदेश सभा सदस्य निर्वाचीत भएपछि तिवारी छोटो समय उधोग पर्यटन वन तथा वाताबरण मन्त्री समेत नियुक्त भएका थिए । छोटै समय मन्त्री भएका बखत पनि तिवारीले पर्यटन क्षेत्रको माद्यम बाट देशलाई कसरी आर्थिक रुपमा बलीयो वनाउन सकिन्छ ? भनेर गुरुयोजना वनाएका थिए । प्रदेश सभा सदस्यको रुपमा संषदमा जनताका दैनिक जनजिविका देखी विकास निर्माण र सुशासनका पक्षमा तिवारीले निरन्तर आवाज उठाई रहे । बिषय वस्तुमा राम्रो ज्ञान राख्ने, स्पष्ट वक्ता र भाषण कलामा समेत राम्रो ज्ञान भएका तिवारीले संषदमा रहेका अन्य राजनीतिक दलका नेतालार्ई मिलाएर अघि वढ्न सक्ने नेताको रुपमा पहिचान वनाएका थिए ।
युवा अवस्था देखी नै पर्यटन क्षेत्रको विकास बाट नेपालमा आर्थिक क्रान्ती सम्भव छ भनेर अभियान चलाउदै आएका तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई प्रचार प्रसार गरेर चिनाउने काम गरे । अहिले यो क्षेत्र नेपाल र भारत मात्र नभएर तेस्रो मुलुका नागरिकका लागि चर्चित पर्यटकीय गन्तव्यको रुपमा कहलीएको छ । तिवारीकै पहलमा टिएमजे क्षेत्रलाई नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख १ सय पर्यटकीय गन्तव्य चुचीमा समेटेको छ ।  
०४२ सालमा मैवाखोला माबि ढुङेसाघु ताप्लेजुङ बाट अनेरास्ववियु प्रारम्भीक कमिटिको उपाध्यक्ष भएर बामपन्थी राजनीतिमा होमीएका तिवारी ०४४ सालमा हातिसार क्याम्पस धरानको अनेरास्ववियु प्रारम्भीक कमिटीको उपसचिवमा निर्वाचीत भए । ०४८ सालमा आरआर क्याम्पस प्रर्दशनी मार्ग काठमाडौमा अनेरास्ववियु प्रारम्भीक कमिटि सदस्य भएर काम गरे । तिवारी संग ०५१ सालमा जिल्ला खेलकुद बिकास समिति तेह्रथुमको अध्यक्ष भएर जिल्लाको खेलकुद क्षेत्रको विकासमा काम गरेको अनुभव पनि छ । तिवारीले ०५४ देखी ०५९ साल सम्म जिविस सदस्य निर्वाचीत भएर जिल्लाको विकास निर्माणका कामको अगुवाई गरेका थिए ।  
नेकपा एमालेको आठौ, नवौ र दसौ राष्ट्रिय महाधिवेशनमा तेह्रथुम जिल्ला बाट प्रतिनिधित्व गरेर केन्द्रीय राजनीतिमा जिल्ला पार्टीको उपस्थितीलाई सशक्त रुपमा देखाएका तिवारी संग जलविद्युत र बैंकिङ क्षेत्रको समेत अनुभव छ । तेह्रथुम जिल्लाको बिकास र समृद्धिको अगुवाई गर्ने नेताका रुपमा चिनिएका तिवारीले आफ्नो उम्मेदवारीले पार्टीलाई स्थानीय तह देखी प्रदेश हुदै केन्द्रीय राजनीतिमा समेत जोढ्ने वताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।