
कमल, २३ माघ । विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका कमल–४, जोगीचौन निवासी अभिनारायण चापागाईं ६९ वर्षको उमेरमा पनि आजसम्म अनवरत रूपमा गाई–भैँसीपालन गरी दुग्ध उत्पादन पेशामा संलग्न रहनु भएको छ। परिवारको उपभोगपछि पनि उहाँले दैनिक करिब ४० लिटर दूधलाई नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ मा बिक्री गर्दै आउनु भएको छ । दूध तथा दुग्धजन्य पदार्थको सेवनबाट स्वस्थ र निरोगी रहनुभएको उहाँले २०८२ पुस महिनामा मात्र १०८५ लिटर दूध बिक्री गरी रु.७७,८१० आम्दानी गर्नुभएको संस्थाका व्यवस्थापक हरी अधिकारीले बताउनुभयो । जीवनको अन्तिमसम्म यही दुग्ध उत्पादन पेशामै निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस पेशाबाट आफू अत्यन्तै खुशी रहेको बताउनुभएको छ। साथै, सबै शेयरसदस्य तथा किसान दाजुभाइलाई यस पेशाबाट निराश नहुन र निरन्तर मेहनतका साथ अघि बढिरहन आग्रह गर्नुभएको छ । संस्थामार्फत कारोबार गर्दा दूधको भुक्तानी आफ्नो बचत खातामा सुरक्षित रूपमा जम्मा हुने र आवश्यक पर्दा सहजै निकाल्न सकिने भएकाले संस्थामै कारोबार गर्न समेत अनुरोध गर्नुभएको छ ।
Kamal
कमल, २८ पौष । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ११ औं साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा देवराज भण्डारी (महेश) निर्वाचित भएका छन् । जसमा अध्यक्ष पदका लागि विद्या सापकोटा (मिलन), देवराज भण्डारी (महेश) र लोक बहादुर खड्का गरी तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै कार्यकारिणी उपाध्यक्षहरूमा कमल कटुवाल र प्रभात मण्डल निर्वाचित भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा बिशाल कार्की, ऐश्वर्य चौहान, भिमकुमारी बस्नेत (रञ्जना) र शम्भु निरौला निर्वाचित भएका छन् । साथै तालिम निर्देशकमा मिलन पौडेल, जनसम्पर्क अधिकारीमा डिजा घिमिरे र प्रकरण निर्देशकमा भुमिका चापागाईं निर्वाचित भएको वर्ष २०२६ का लागि निर्वाचन आयुक्त तथा वर्ष २०२३ का अध्यक्ष रिजु कार्कीले जानकारी दिनुभयो ।
तेह्रथुम । साहित्यिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यसहित तेह्रथुम जिल्लाको छथर गाउँपालिकास्थित छथर क्याम्पसमा कविता कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको समन्वय तथा छथर साहित्यिक समाज, शुत्रबारे (तेह्रथुम)को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
साहित्य क्षेत्रमा विविध गतिविधि गर्दै आएको छथर साहित्यिक समाजले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरेको समाजका सचिव रोशन यात्रीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले साहित्यले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। क्याम्पसस्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु खुसीको विषय भएको उल्लेख गर्दै उहाँले स्थानीय तहले साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि म्याङ्लुङ क्याम्पसका उपप्राध्यापक एवं तेह्रथुम साहित्य प्रतिष्ठानका अध्यक्ष दिपक कट्टेल ‘आयाम’ले गजल, कविता र मुक्तकजस्ता विधाबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद पराजुली, शिक्षा शाखा प्रमुख धनबहादुर थापा, टाट्नो सङ्गीत यात्राका अध्यक्ष मनु कट्टेल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुनिल खड्का, नेपाल पत्रकार महासङ्घ तेह्रथुमका उपाध्यक्ष विनोद भट्टराईलगायत सबिन पोख्रेल, चन्द्रकला कार्की, जीवन दाहाल, बबिता कार्की, रचना खड्का, चण्डिका घोर्साने लगायतका स्रष्टाहरूको उपस्थिति थियो। सहभागी स्रष्टाहरूले कविता, अनुभूति र विचारमार्फत समाज, समय र चेतनालाई कलात्मक ढङ्गले प्रस्तुत गरेका थिए।
सो अवसरमा साहित्यकार टामकान्त लुइँटेल र ‘दिपक कट्टेल ‘आयाम’’ ले साहित्य र सिर्जनाका विविध पक्षबारे सहजीकरण गर्दै आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो। छथर साहित्यिक समाजका अध्यक्ष दिनेश थापा ‘बेगारी’का अनुसार कार्यक्रममा सहभागी स्रष्टाहरूले रचनामार्फत समाज र समयको यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गरेका थिए।
कार्यक्रमकै क्रममा साहित्य क्षेत्रमा योगदान पुर्याएको कदरस्वरूप ‘दिपक कट्टेल ‘आयाम’’लाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै कार्यक्रमको सफल आयोजनामा सहकार्य पुर्याएको भन्दै छथर क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनलाई पनि सम्मान गरिएको छ।
तेह्रथुमको छथर गाउँपालिकाले शुक्रबारे बजारको अव्यवस्थित बसोवासीको रुपमा घर/टहरा निर्माण गरि बसोबास गर्ने नागरिकहरुको लागि भुमी समस्या समाधान आयोग कार्यविधि बमोजिम अनलाइन प्रविष्टि गरि गाउँपालिकाबाट घर नम्बर सहित निस्सा वितरण गर्ने भएको छ ।
मिति २०८२/०५/१७ गते बाट छथर गाउँ कार्यपालिकाको कार्यालयबाट गरिने भएकोले सम्बन्धित घर धनीहरुले आफ्नो घर अगाडि उभिएको देखिने रंगिन फोटो सहित देहायको मितिमा सम्बन्धित टोलका घर धनी अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ । (सम्बन्धित घर धनीको उपस्थिति अनिवार्य गरीएको छ )
# आवश्यक समन्वयको लागि सम्बन्धित टोल विकास समितिका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेकोछ ।
देहाय
१.मिति २०८२/५/१७ गते (अस्पताल टोल विकास)
२.मिति २०८२/५/१८ गते(रत्नदेवि टोल विकास)
३.मिति २०८२/५/१९ गते (काङसोरे टोल विकास)
४.मिति २०८२/५/२० गते (आहालडाडा टोल विकास)
५.मिति २०८२/५/२१ गते (शान्ति टोल विकास)
६.मिति २०८२/५/२२ गते (सरस्वती टोल विकास)
७.मिति २०८२/५/२३ गते (श्रीजंगा टोल विकास)
क्रमस: भुमिहिन दलित,भुमिहिन शुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि सहित निस्सा वितरण गरिने छ ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध छथर निर्माणको आधार, शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” भन्ने नाराका साथ सञ्चालित उक्त कार्यक्रममा प्रत्येक एकल पुरुषलाई १२ हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको हो ।


२०७७ सालदेखि संचालनमा ल्याइएको यो कार्यक्रम अन्तर्गत नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहनु परेका, ६० वर्ष उमेर नाघेका एकल पुरुषहरूलाई गाउँपालिकाले अभिभावकत्व प्रदान गर्दै नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

“जसरी एकल महिलाको पहिचान र संरक्षणका लागि राज्यले पहल गरिरहेको छ, त्यसरी नै समाजमा ओझेलमा परेका एकल पुरुषहरूको जीवन सहज बनाउन हामीले यो कार्यक्रम अघि सारेका हौँ ।” अध्यक्ष तिगेलाले भने । कार्यक्रम सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, छथर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको शाखा प्रमुख रोशक कार्कीले बताउनु भयो ।

सम्मान प्राप्त गरेका छथर गाउँपालिका ५ का गोबर्धन लिम्बुले यो कदमले आफू जस्ता वृद्ध पुरुषहरूलाई ठूलो राहात मिलेको बताए । “अहिले काम गर्न सक्ने उमेर छैन, कमाउन सक्ने स्रोत पनि छैन । यस्तो सहयोगले मनैदेखि राहत मिल्यो,”लिम्बुले भने । गाउँपालिकाले ज्येष्ठ नागरिकहरु लक्षिक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
कमल, १ असार : झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले आज (आइतबार) लागुपदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कमलनगर जेसीजको आयोजना तथा कमल गाँउपालिका वडा नं. ०१ को वित्तिय सहयोगमा श्री बाँसबारी माध्यमिक विद्यालय कमल–०१ बाँसबारीमा अध्ययनरत विद्यार्थीहरु माझ लागु पदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका संयोजकत्व वर्ष २०२५ का उपाध्यक्ष जेसी डिजा घिमिरे गर्नु भएको थियो । कार्यक्रममा कमल गाँउपालिका वडा नं. ०१ वडा अध्यक्ष तथा कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसी केदार कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कक्षा ९ र १० मा अध्ययनरत विधार्थीहरु मध्ये ५९ जना विद्यार्थीहरुलाई एस.एस. बालग्राम ईटहरीका काउन्सिलर मनकुमार गुरुङ्गले लागुपदार्थ दुव्र्यसनले व्यक्तिगत, पारिवारीक तथा सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावहरु र तिनको समाधानका उपायहरुबारे प्रयोगात्मक र अन्तरक्रियात्मक ढंगले प्रशिक्षण दिनु भएको थियो ।
यस कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालय समुदायलाई लागुपदार्थको दुष्प्रभावप्रति सचेत गराउनुका साथै स्वस्थ्य बालबालिका, उज्यालो भविष्य र जिम्मेवार समाज निर्माणतर्फ एक प्रेरणादायी कदमको रुपमा अगाडी बढेको कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले बताए ।
कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, संयोजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरु, श्री बाँसबारी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरु, प्रधानध्यापक एवम शिक्षकहरुको उपस्थिति रहेको थियो ।
पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार शनिवार दिउँसो पुलको संरचना जडानका क्रममा अचानक भाँचिएपछि दुर्घटना भएको हो। बेलिब्रिज भाँचिँदा काममा खटिएका निर्माण मजदुरहरु खोलामा खसेका थिए। घटनामा एक मजदुरको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने अन्य तीन जना गम्भीर घाइते छन्।
घाइतेहरुलाई उद्धार गरी उपचारका जिल्ला अस्पताल ल्याइदै गरेको स्थानियले बताएका छन् ।
घटनाको विस्तृत विवरण र मृतक\घाइतेको नाम खुलेको छैन।
निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकायबाट घटनाको आधिकारिक विवरण आउन बाँकी छ।
न्युज श्रोत : चिन्तनखबर डटकम ।
राष्ट्रिय युवा संघ नेपाल छथर पालिका कमिटीको दोस्रो पालिका अधिवेशन सम्पन्न भएकोछ । शनिबार सम्पन्न भएको पालिका अधिवेशन बाट भरत कार्कीको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्माण भएको हो ।

अधिवेशनले अध्यक्षमा भरत कार्की,उपाध्यक्षमा पदम लिम्बू, सचिबमा लोकेन्द्र बस्नेत, उपसचिवमा एन्जल कार्की, उपसचिवमा दिनेश खुलाल, कोषाध्यक्षमा सुमन कुमारी लिम्बु चयन हुनुभएको छ ।
अधिवेशनको खुल्ला सत्र निवर्तमान अध्यक्ष लोकमान मादेनको अध्यक्षता तथा राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटी तेह्रथुमका अध्यक्ष राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी तथा जनवर्गीय संगठनका नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साथै राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटी तेह्रथुमको ११ जिल्ला अधिवेशन सघ स्थापना दिवसको अवसरमा ज्येष्ठ १ गते सस्थापक अध्यक्ष तथा पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर आठराई गाउपालिका इवामा संचालन हुने जिल्ला अध्यक्ष थापाले बताउनु भयो ।
नेकपा एमालेले पञ्चायतका समयमा नेताहरुको भूमिगत अनुभव समेटेर ‘सेल्टर’ पुस्तक प्रकाशन गरेको छ ।
पुस्तकका सम्पादक समेत रहेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तत्कालीन नेकपा माले, त्यसअघिका को-के सहित विभिन्न घटकको पार्टी राजनीतिमा नेताहरुले बिताएको भूमिगत अनुभव पुस्तकमा समेटिएको बताएका छन् ।पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले उक्त पुस्तकको विमोचन गरेका छन् ।
शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।
उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’
बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए ।
उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ । आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं ।’
साढे ५ लाख विद्यार्थीको भविष्य गाँसिएकाले यो परीक्षा सञ्चालन गर्नैपर्नेमा उनको जोड थियो ।




