२०८२ मंसिर १५ आईतवार
२०८२ मंसिर १५ आईतवार

२०८१ चैत्र १६ । प्रगतिशील लेखक सङ्घ नेपाल कोशी प्रदेश समितिकाे तेस्राे जिल्ला अधिवेसन शनिबार माेरङकाे सलकपुर स्थित सुकुना बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयन गर्दै समापन भएकाे छ ।

प्रलेस नेपालका उपाध्यक्ष नमुना शर्माकाे प्रमुख आतिथ्यमा र तिला लेकालीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रलेसका महासचिव डा देवी दुलाल क्षेत्री र क्यान्सर पीडित साहित्यकार झापाका ज्ञानु बुढाथाेकीलाई सम्मान गरिएकाे छ । दाेसल्ला तथा सम्मानपत्र द्वारा सम्मानित दुवै स्रष्टा लामाे समयदेखि प्रगतिशील लेखक सङ्घ नेपालमा आवद्ध भएर लेखन कार्यमा संलग्न हुनु भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष नमुना शर्माले प्रलेस नेपालका विचमा अहिले चुनाैती थपिएकाे र गणतन्त्रका विरुद्धमा गलत प्रचार गर्दै समाजलाई भाँड्ने, अनावश्यक प्रचार गर्ने विरुद्धमा प्रलेस मात्र हाेइन सिङ्गाे समाज नै र गणतन्त्रका पक्षधरहरु एकजुट भएर लाग्नुका साथै कलम चलाएर भ्रमका विरुद्ध उभिनु पर्ने बताउनु भयाे ।

प्रलेस वामपन्थी लेखकहरुकाे साझा थलाे भएकाेले यसमा सहभागीहरु एक भएर हिड्नु पर्ने र एकीकृत रुपमा प्रतिक्रिया वादीका विरुद्धमा लाग्नु पर्न बताउनु भयाे । साे कार्यक्रममा विशिष्ट अतिथि प्रलेस नेपालका महासचिव तथा सम्मानित स्रष्टा डा देवि क्षेत्री दुलालले प्रलेसले लेखनमा स्रष्टालाई प्राथमिकतामा राख्ने हाे दलिय भागवण्डा हाेइन । लेखकहरुकाे संस्था भएकाेले प्रलेसमा दलका कार्यकर्ता हाेइन लेखकहरु नै नेतृत्वमा आउने र दलिय भागवण्डाका आधारमा नेतृत्व चयन गर्दा गैर लेखकले नेतृत्व लिने प्रयास हुने भएकाेले लेखकलाई नेतृत्वमा ल्याउनु परेकाे बताउनु भयाे ।

प्रलेस काेशी प्रदेशका उपाध्यक्ष दिनेश थापाकाे स्वागत मन्तव्य र सह सचिव कविता केशरीकाे स्वागत गीतबाट शुरु भएकाे साे कार्यक्रममा प्रलेस केन्द्रीय सदस्यहरु राजेन्द्र सङ्ग्राैला, बाेधकुमार घिमिरे, प्राज्ञ प्रा डा खेमराज खनाल, साहित्यकार ईरान राई, प्रलेस राष्ट्रिय परिषद सदस्य केशु कार्की, जन सांस्कृतिक महासङ्घ काेशी प्रदेश अध्यक्ष जि बि थुलुङ्ग, भरत गुरागाई बर्बरिक, प्रलेस पूर्व के स हेमनाथ अधिकारी, पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा हर्कमान तामाङ सहभागी हुनुहुन्थ्याे ।

पूँजिवादी संस्कृतिले समाज आक्रान्त भएकाेले त्यसका विरुद्ध प्रलेसले नेतृत्व गरेर अघिबढ्नु पर्ने देखिन्छ । प्रलेस पूर्व के स हेमनाथ अधिकारी पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा हर्कमान तामाङ सहभागी हुनुहुन्थ्याे । कार्यक्रममा हर्कमान तामाङले पूँजिवादी संस्कृतिले समाज आक्रान्त भएकाेले त्यसका विरुद्ध प्रलेसले नेतृत्व गरेर अघि बढ्नु पर्ने बताउनु भयाे ।

प्रतिनिधिसभा सदस्य तथा स्रष्टा राजकुमार ओझा प्रलेसले समाजमा रहेका विकृति विसङ्गती हटाएर स्वच्छ र संस्कारयुक्त संस्कृतिकाे विकासमा सहयाेग पुग्ने गरि उन्नत समाजकाे निर्माणमा अग्रसर भएर लाग्न प्रलेसमा आवद्ध लेखकहरुले भूमिका निर्वाह गर्नु पर्ने बताए ।

माेरङका स्रष्टा दिप मङ्ग्राती रचना वाचन, प्रदेश सभा सदस्य विद्या चाम्लिङ, राेशन यात्री तेह्रथुमका स्रष्टा रचना वाचन, सुनसरीका स्रष्टा मुक्ति पाेखरेलद्वारा रचना वाचन , साजन भट्टराईले गजल र शेखर थापाले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन सचिव राजेन्द्र सर्वहाराले गरेका थिए ।

सम्मेलनले झापाका विन्दु दाहाल मुकदर्शककाे नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा दिनेश थापा र शान्ति पाख्रिन सचिवमा रविन काेर्काली, सह सचिवमा कमल भट्टराई र काेषाध्यक्षमा डिल्लीराम परदेशी सर्वसम्मत चयन भएका छन् ।

तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमाले को वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । चैत्र ७ गते देखि सुरुभएको वडा अधिवेशन चैत्र १३ गते सम्पन्न भएको थियो । छथर गाउँपालिकाका ६ वटा वडामै सर्वसम्मत नेतृत्व चयन भएको हो ।
चैत्र ७ गते छथर गाउँपालिकाको वडा नं. २ हमरजुङ बाट टेक बहादुर कार्किको नेतृत्वमा २३ सदस्यीय समिती सर्वसम्मत चयन गर्दै, ९ गते वडा नं. १ मा नगिन्द्र लिम्वुको नेतृत्वमा २३ सदस्यीय, १० गते वडा नं. ३ पन्चकन्यामा दुर्गा सुब्बाको नेतृत्वमा २५ सदस्यीय, ११ गते वडा नं. ४ फाक्चामारा दिपेन लिम्बुको नेतृत्वमा २५ सदस्यीय, १२ गते वडा नं. ५ ओख्रेमा तिलक कटुवालको नेतृत्वमा २९ र चैत्र १३ गते वडा नं. ६ सुदापमा टेकराज आंखेवाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीहरु सर्वसम्मत निर्वाचित गर्दै वडा अधिवेशन सम्पन्न भएको छथर पालिका कमिटी सचिव राजन नेपालीले बताउनुभयो ।
नेकपा एमाले केन्द्रको निर्णय र सर्कुलर बमोजिम छथर गाउँपालिकामा जरा केन्द्रित अभियान अन्तरगत पहिलो चरणमा वडा पार्टी संगठन अद्यावधिक कार्य सगै टोल कमिटीहरु केन्द्रित अभियानको क्रममा रहेको नेकपा एमाले छथर पालिका कमिटी इन्चार्ज धर्मराज खुलालले बताउनुभयो ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा छथर पालिका भुगोल इन्चार्ज प्रकाश श्रेष्ठ, तेह्रथुम जिल्ला कमिटी उपाध्यक्ष सन्तोष तिगेला, जिल्ला उपसचिव तारा खरेल ढकाल, भुगोलबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नुहुने विभिन्न वडा भुगोलका इन्चार्जहरु, छथर पालिका कमिटी अध्यक्ष धर्मराज खुलाल सहित पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनहरुमा भुगोलबाट प्रतिनिधित्व गर्नेहरु, पार्टी वडा तहका नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुको सक्रिय सहभागितामा अधिबेशन तथा जरा केन्द्रित अभियान सम्पन्न भएको छ ।

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पालिका स्तरीय छैटौ प्रतियोगिता तथा पन्ध्रौ राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिताकाे ओैपचारीक उद्घाटन समाराेहको अवसरमा शैक्षिक सत्र २०८० मा छथर गाउँपालिका बाट शारदा माध्यमिक विद्यालयले ६७.६३ प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै गाउँपालिकाले  सम्मान गरेको छ । सम्मानित विद्यालयलाई गाउपालिकाले कदर पत्र सहित सम्मान र उच्च प्रशंसा सहित बधाई ज्ञापन गरेकाे छ ।

शनिवार देखि संचालन भएको पालिका स्तरीय छनौट प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयका खेलाडीहरूकाे आकर्षक मार्चपास सहित उद्घाटन समाराेहमा सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्र सुक्रबारे बजारकाे खुल्ला मञ्च बाटसुरू भएकाे खेलकुद कार्यक्रम छथर खेलमैदान, सरस्वती मा.वि काे खेलमैदान र छथर खुल्ला मञ्च  मैदानमा विभिन्न खेलकुद सहित शनिबार बाट ३ दिन खेलकुद हुने गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत असाेक पराजुलीले बताउनु भयाे ।

विद्यालयमा लुकेर रहेका प्रतिभाहरू बाहिर आउने र हुर्किदाे भाेलिका भविष्य बाेकेका वालवालिकाहरूलाई उचित संरक्षण र ससक्तिकरण गर्दै अनुशासित नागरीक र समाजकाे जिम्मेवार नागरिक निर्माणमा याेगदान पुर्याउने गाउपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयाे ।
प्रतियोगितामा भाग लिने विद्यालयहरु बिच आन्तरिक प्रतिष्पर्धा बाट छनाैट हुने खेलाडीहरू जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने भएका छन ।


तेह्रथुमको छथर गाउँपालिकामा आ.व. ०८१/०८२ काे विषयगत समितिहरूकाे बैठक सुरु भएकोछ ।
सामाजिक विकास समितिकाे छलफलमा पालिकाकाे शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली, परीक्षा प्रणालीमा सुधार गरि परीक्षा उत्तरपुस्तिका अभिभावकहरूलाई पठाउने प्रवन्ध गर्नु पर्ने सुझाव आएकाे छ ।

सामाजिक विकास समिति अन्तर्गत शिक्षा याेजना निर्माण गर्नु पर्ने, अस्पतालमा प्रविधी जडान गर्नु पर्ने, सेवाहरूलाई प्रभावकारी बनाउनु पर्ने लगायतकाे विषयहरू छलफलमा आएकाे प्रमुख प्रसासकिय अधिकृत असाेक पराजुलीले जानकारी दिनुभयाे ।

त्यस्तै कर्मचारी, जनप्रतिनिधी र उपभाेक्ता समितिहरूकाे क्षमता विकासमा जाेड दिनु पर्ने, नीति निर्माण र कानुन संसाेधन र कार्यन्वयनमा जाेड दिनुपर्ने, विपत पुर्व तयारी र राहतमा प्रभावकारीता ल्याउनु पर्ने लगायतका सुझावहरू विभिन्न समितिहरूमा छलफलका क्रममा उठेकाे कार्यलयले जनाएकाे छ ।

गाउँपालिकाकाे कार्यलयमा फरक फरक स्थानमा आयाेजित विषयगत समितिकाे बैठक माघ २४ गते बाट सुरू भएकाे छ ।

कार्यलयमा विधेयक समिती, वन वातावरण तथा विपत समिति, सामाजिक विकास समिति, आर्थीक समिती, सार्वजानिक सेवा तथा क्षमता विकास समिति, पुर्वधार विकास समिति छलफलमा रहेका छन ।

छलफल हिउदे अधिवेशन सम्म आवस्यकता अनुसार नियमित संचालन हुने गाउपालिका प्रवक्ता राजन नेपालीले बताउनुभयाे ।

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कमलनगर जेसीजको १० औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका(१ स्थित कमल पोखरी सामुदायिक भवनमा सम्पन्न निर्वाचनबाट वर्ष २०२५ को लागि अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी मनिषा कठायत र जेसी रोसन अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी डिजा घिमिरे, जेसी अर्चना कार्की, जेसी मिलन पौडेल र जेसी कमल कटुवाल तथा तालिम निर्देशकमा जेसी भूमिका चापागाई र जनसम्पर्क अधिकारीमा भिम कुमारी बस्नेत ९रञ्जना० निर्वाचित भएको कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२५ का निर्वाचन आयुक्त जेसी नारायण बस्नेतले जानकारी दिनुभयो ।

तेह्रथुम । टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षीका र एक छात्राको शनिवार अपरान्ह मृत्यु भएको छ ।
स्थानीय गौखुरी मावीमा नर्स शिक्षीकाको रुपमा कार्यरत शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ बर्षिया छात्रा सुस्मीता भटराईको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले वताउनु भयो । शनिवार विदाको दिन पारेर साथीहरु संग शिक्षीका र विद्यार्थी विद्यालय पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए ।
सोही खोलामा अपरान्ह टिकटक वनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादव वहादुर खापुङले जानकारी दिनुभयो । आफुहरु अहिले घटना स्थलमै रहेको र मृतकको शव खोंच बाट निकालेर खोला बगरमा ल्याउने काम भैरहेको प्रहरी नायव उपरिक्षक तामाङले जानकारी दिनुभयो ।

२१ औं राष्ट्रिय महिला स्वयंसेविका दिवसको उपलक्ष्यमा तेह्रथुमको छथर गाउँपालिकामा महिला स्वास्थ स्वयसेबिकाको वडा स्तरिय समूह द्वरा प्रत्येक वडाको एक/एक बिपन्न परिवारको नि शुल्क स्वास्थ्य बिमा गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गर्दै महिला स्वास्थ्य स्वयंसेबिका हरु लाई सम्मान साथै हाजिरी जवाफ , लगाएत बिबिध अतिरिक्त क्रियाकलाप गरि मनाइएको छथर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज खड्काले बताउनुभयो ।


आज दशैँको अन्तिम दिन । कोजाग्रत पूणर्िमाको दिनबाट दशैँ सकिन्छ । मान्यजनबाट टिका र आशिर्वाद थाप्ने आज अन्तिम दिन हो । आश्विन शुक्लपक्षको चतुर्दशी र पूणर्िमा तिथि बुधवार नै थियो । तर व्रत बस्नेहरुले आज पूणर्िमाको व्रत बसेर टिका, जमरा नदीमा सेलाउने, मन्दिरमा विसर्जन गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूणर्िमासम्म आशिर्वाद थाप्न घर घरमा जाने गर्दछन् ।


दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।

संखुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवा स्थितमा ट्याक्टरले किच्चेर १ जनाको मृत्यु भएको छ । भदौ १८ गते दिउँसो साढे २ बजे खाद्यान्न सामग्री बोकेर सिद्धपोखरीबाट चित्लाङ तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय १९ बर्षीय लिला बहादुर तामाङ ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न चालक उदयपुर चौदण्डीगढी नगरपालिका- १ का २७ बर्षीय संजीब राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।