२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

विनोद भट्टराई
श्रावण ३० तेह्रथुम । बर्षौ देखी एकल रहि विभिन्न समस्यामा परिरहेका एकल ज्येष्ठ पुरुषहरुमा राज्यको नजर नपरिरहेकको बेला छथर गाउँपालिकाले भने सम्मानको कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । ६० बर्ष उमेर पुरा भै ६८ ननागेका ज्येष्ठ नागरिक एकल पुरुषहरुलाई गाउँपालिकाले सम्मान गरेको हो । पारिवारीक रुपमा एकल तथा श्रीमती नभएका एकल पुरुषहरु पहिचान गरि सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले पालिका भित्रका ४९ जना एकल ज्येष्ठ पुरुषहरुलाई दोसल्ला बार्षिक १२ हजार पोषण तथा औषधि खर्च र सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

निर्वाचनको बेला आफुहरु जनताको घरदैलोमा जादै गर्दा पारिवारक रुपमा एकल भएका तथा आफ्नो जीवन साथी नभएर एकल जीवनयापन गर्दै आएका नागरिकहरुको औषधि उपचार र पौष्टिक खानेकुराको आवश्यकतालाई मनन गर्दै कार्यविधि बनाएर पालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।
विगत ३ आर्थिक बर्ष देखी यो कार्यक्रम लागु गरि ज्येष्ठ एकल पुरुष नागरिहरुलाई पालिकाले सम्मान गर्दै आएको पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताउनुभयो । एकल महिलालाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएतापनि एकल पुरुषलाई भने यो सुविधा नहुदा उनिहरु समस्यामा परेका छन् तर यो समस्यालाई भने छथर गाउँपालिकाले सामान्य रुपमा भएपनि समाधानको बाटो पहिल्याएको छ ।

ज्येष्ठ नागरिक एकल पुरुषहरुले यसरी आफुहरुलाई सम्मान साथै खर्च वितरण गरेकोमा खुसि व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद दिएकाछन्। यो कार्यक्रम उदाहरणीय भएको र अरु स्थानिय तहले समेत अनुसरण गर्नुपर्ने लाभाम्वितहरुको भनाइ रहेको छ ।

यो कार्यक्रमले स्थानिय सरकार जनताको साथमा भएको अनुभुति दिलाएको छ । सुख र दुःखको साथी गाउँपालिका भएकोमा आफुहरुमा सहानुभुति प्रदान भएको ज्येष्ठ नागरिक एकल पुरुषहरुको भनाइरको छ ।

काठमाडौं  । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २३ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ८ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ । 

कमल, १० माघ : झापाको कमल गाउँपालिकाले सन्थालहरुको सोहराय पर्वको अवसरमा स्थानीय विदा दिएको छ ।

यही माघ ११ गते बिहिवारका दिन सन्थाल समुदायमा महत्वपूर्ण मानिएको यो पर्व परेकाले सो दिन पालिकामा स्थानीय विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यद्धारा हस्ताक्षरित हिजो (मंगलबार) जारी सूचनामा उल्लेख छ ।

सो सूचनामा कमल गाउँपालिका अन्तर्गतको गाउँपालिकाकोे कार्यालय, वडा कार्यालय, सार्वजनिक संस्था, विद्यालयहरुमा सार्वजनिक विदा दिने गाउँ कार्यपालिकाको माघ ७ गते को निर्णय अनुसार स्थानीय विदा दिइएको उल्लेख छ ।

काठमाडौँ, ७ कात्तिक : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा बाल्मिकी क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

“विजया दशमीको टीका लगाउने मुख्य साइत ११ बजेर २ मिनेटमा छ, शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँ भन्नुहुन्छ, “शुभ साइतमा टीका लगाउन प्रारम्भ गरेपछि जतिबेला पनि टीका लगाउन मिल्छ ।”

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ ।

टीका लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

काठमाडौं । बडादशैँ एवम् नवरात्रको तेस्रो दिन । आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयले जनाएको छ ।

मार्कण्डेय पुराणमा ‘चन्द्र : घण्टायां यस्या : सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।

चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

म्याग्दी, १७ भदौ : आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् ।

करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका केन्द्रका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

करिब एक दशकअघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल, बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौ, धानलगायत धान, घैया, उवाका बाली तथा बीउ लोप हुँदै गएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको केन्द्रले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयको तथ्याङ्कअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली लोप हुने अवस्थामा पुगेका हुन् । “आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काँक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन्”, उहाँले भननुभयो, “धान, गहुँ, मकैलगायत बालीका लागि बीउसमेत साँचेर राख्न छाडेका छन् ।”

सरकारले विशेष गरी घैया, कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यका रुपमा विस्तार गर्दै लैजाने योजना बनाए पनि भारतलगायत विभिन्न देशबाट कोदो, मकै, चामल जस्ता वस्तुको आयात बर्सेनि बढ्दो क्रममा रहेको केन्द्रका पूर्वप्रमुख किरण सिग्देलले बताउनुभयो । “यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै गएको छ”, उहाँले भन्नुभयो, “आयातित चामलको प्रयोग बढे्सँगै फापर, लट्टे, कागुनो, जौँलगायतका खाद्यपदार्थ प्रयोग हुँनै छाडेका छन् ।”

गाउँघरमा परिवारलाई आवश्यकपर्ने मात्र उत्पादन गर्ने गरिएको भन्दै व्यावसायिकरुपमा उत्पादन गर्ने प्रचलन हराउँदै गएको ज्यामरुककोटका कृषक शोभित शर्माले बताउनुभयो ।

पूर्वप्रमुख सिग्देलका अनुसार रैथाने बाली मानिएको कोदो, फापर, कागुनो, लट्टेजस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन् । खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यकपर्ने जति मात्रै रोप्ने गरेका छन् । उहाँले भन्नुभयो, “रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर पनि धेरै यसबाट टाढा छन् ।”

‘हाइब्रीड’ तथा उन्नत जातका बीउको प्रयोग बढे्दै गएकाले रैथाने बाली लोप हुँदै गएको कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिएको भए पनि कृषक रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएका उहाँको भनाइ थियो ।

पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चीनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको कार्कीले बताउनुभयो । उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विगत १०/१२ वर्षदेखि आयात हुन थालेको चिनियाँ मकै विशेषगरी रेष्टुरेन्टमा प्रयोग हुने गरेको छ ।

कृषि प्राविधिकका अनुसार कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बाली सबै कोदो वर्गमा पर्दछन् । कोदो धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली मानिए पनि पछिल्लो समय कोदो बालीको क्षेत्रफल घट्दै गएको केन्द्रले जनाएको छ ।

देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा कोदोले ओगटेको छ । कोदो विशेष गरी म्याग्दी, खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुली धेरै उत्पादन हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।