मार्गपोखरी तेह्रथुम जिल्लाको छथर गाउँपालिका १ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल हो । यो पोखरीमा भदौरे पुर्णिमाको पहिलो अघिल्लो दिन अध्यामिक ज्ञान प्राप्त गर्न धामी झाँक्रीहरु गुफा बस्ने गरेका छन ।
यो पोखरी परिसर तथा पदमार्ग क्षेत्रमा डङडङे युवा समुहको सकृयतामा श्रमदान गरी करिब ४० बढी युवाहरुको सहभागितामा सरसफाई गरिएको छ । पोखरीको वरीपरीका साथै पदमार्गमा रहेका पोहोरी तथा झाडी सरसफाई गरीएको समुहका संयोजक डिकबहादुर गुरुङले बताउनु भयो । विभीन्न पर्व तथा उत्वसहरुका युवाहरुको सकृयतामा सरसफाई गर्दै आएको मार्गपोखरी (डङडङे) टोल विकास संस्थाका संयोजक रितुवर्ण लिम्बुले बताउनु भयो ।
कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लोभलाग्दो छ । सिधुवा(शुक्रबारे सडक खण्डको डङ्डङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुगिन्छ । यस पोखरीमा भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । पोखरीमा भाकल गरे चिताएको पूरा हुन्छ भनेर आउने गरेको स्थानीयबासीहरुको भनाई छ ।
पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । पर्यटन प्रबद्र्धन गर्न गाउँपालिकाले सातौ बजेट अधिबेशन आयोजना गर्दै यही पोखरीबाट आर्थीक बर्ष २०८०÷८१ को बजेट यही पोखरीबाट सार्वजानिक गरिएको छ ।