५ औँ छथर गाउँपालिका अध्यक्ष कप २०८१ तथा ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको आवश्यक तायारी तिब्र पारिएको छ । आइतबार छथर गाउँपालिकाको हलमा एक बैठकको आयोजना गरी विषयगत समिति निमार्ण गर्दै कार्यक्रमको तयारी सुरु गरिएको हो ।
यही श्रावण ३० गते बाट ५ औँ छथर गाउँपालिका अध्यक्ष कप तथा रमाइलो मेला २०८१ सुरु हुने भएको छ । अध्यक्ष कप अन्तरगत फुटबल, भलिबल र व्याटमिन्टन प्रतियोगीता संचालन हुनेछन् । त्यस्तै रमाईलो मेलाको साथमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा धामीझाक्री नाच समेत हुने छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।
आइबारको बैठकले फुटबल व्यवस्थापन समिति, भलिबल व्यवस्थापन समिति, व्याटमिन्टन व्यवास्थापन समिति र प्रचारप्रसार व्यावस्थान निर्माणको कार्य सम्पन्न गर्दै तयारीलाई तिब्र पारेको छ ।
by
Suva Khabar
२०८१ माघ ६ गते, आईतवार
by
Suva Khabar
२०८१ पुष ६ गते, शनिबार
by
Suva Khabar
२०८१ मंसिर २० गते, बिहीबार
by
Suva Khabar
२०८१ कार्तिक १ गते, बिहीबार