तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमाले को वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । चैत्र ७ गते देखि सुरुभएको वडा अधिवेशन चैत्र १३ गते सम्पन्न भएको थियो । छथर गाउँपालिकाका ६ वटा वडामै सर्वसम्मत नेतृत्व चयन भएको हो ।
चैत्र ७ गते छथर गाउँपालिकाको वडा नं. २ हमरजुङ बाट टेक बहादुर कार्किको नेतृत्वमा २३ सदस्यीय समिती सर्वसम्मत चयन गर्दै, ९ गते वडा नं. १ मा नगिन्द्र लिम्वुको नेतृत्वमा २३ सदस्यीय, १० गते वडा नं. ३ पन्चकन्यामा दुर्गा सुब्बाको नेतृत्वमा २५ सदस्यीय, ११ गते वडा नं. ४ फाक्चामारा दिपेन लिम्बुको नेतृत्वमा २५ सदस्यीय, १२ गते वडा नं. ५ ओख्रेमा तिलक कटुवालको नेतृत्वमा २९ र चैत्र १३ गते वडा नं. ६ सुदापमा टेकराज आंखेवाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीहरु सर्वसम्मत निर्वाचित गर्दै वडा अधिवेशन सम्पन्न भएको छथर पालिका कमिटी सचिव राजन नेपालीले बताउनुभयो ।
नेकपा एमाले केन्द्रको निर्णय र सर्कुलर बमोजिम छथर गाउँपालिकामा जरा केन्द्रित अभियान अन्तरगत पहिलो चरणमा वडा पार्टी संगठन अद्यावधिक कार्य सगै टोल कमिटीहरु केन्द्रित अभियानको क्रममा रहेको नेकपा एमाले छथर पालिका कमिटी इन्चार्ज धर्मराज खुलालले बताउनुभयो ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा छथर पालिका भुगोल इन्चार्ज प्रकाश श्रेष्ठ, तेह्रथुम जिल्ला कमिटी उपाध्यक्ष सन्तोष तिगेला, जिल्ला उपसचिव तारा खरेल ढकाल, भुगोलबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नुहुने विभिन्न वडा भुगोलका इन्चार्जहरु, छथर पालिका कमिटी अध्यक्ष धर्मराज खुलाल सहित पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनहरुमा भुगोलबाट प्रतिनिधित्व गर्नेहरु, पार्टी वडा तहका नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुको सक्रिय सहभागितामा अधिबेशन तथा जरा केन्द्रित अभियान सम्पन्न भएको छ ।
