२०८१ चैत्र १६ । प्रगतिशील लेखक सङ्घ नेपाल कोशी प्रदेश समितिकाे तेस्राे जिल्ला अधिवेसन शनिबार माेरङकाे सलकपुर स्थित सुकुना बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयन गर्दै समापन भएकाे छ ।

प्रलेस नेपालका उपाध्यक्ष नमुना शर्माकाे प्रमुख आतिथ्यमा र तिला लेकालीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रलेसका महासचिव डा देवी दुलाल क्षेत्री र क्यान्सर पीडित साहित्यकार झापाका ज्ञानु बुढाथाेकीलाई सम्मान गरिएकाे छ । दाेसल्ला तथा सम्मानपत्र द्वारा सम्मानित दुवै स्रष्टा लामाे समयदेखि प्रगतिशील लेखक सङ्घ नेपालमा आवद्ध भएर लेखन कार्यमा संलग्न हुनु भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष नमुना शर्माले प्रलेस नेपालका विचमा अहिले चुनाैती थपिएकाे र गणतन्त्रका विरुद्धमा गलत प्रचार गर्दै समाजलाई भाँड्ने, अनावश्यक प्रचार गर्ने विरुद्धमा प्रलेस मात्र हाेइन सिङ्गाे समाज नै र गणतन्त्रका पक्षधरहरु एकजुट भएर लाग्नुका साथै कलम चलाएर भ्रमका विरुद्ध उभिनु पर्ने बताउनु भयाे ।
प्रलेस वामपन्थी लेखकहरुकाे साझा थलाे भएकाेले यसमा सहभागीहरु एक भएर हिड्नु पर्ने र एकीकृत रुपमा प्रतिक्रिया वादीका विरुद्धमा लाग्नु पर्न बताउनु भयाे । साे कार्यक्रममा विशिष्ट अतिथि प्रलेस नेपालका महासचिव तथा सम्मानित स्रष्टा डा देवि क्षेत्री दुलालले प्रलेसले लेखनमा स्रष्टालाई प्राथमिकतामा राख्ने हाे दलिय भागवण्डा हाेइन । लेखकहरुकाे संस्था भएकाेले प्रलेसमा दलका कार्यकर्ता हाेइन लेखकहरु नै नेतृत्वमा आउने र दलिय भागवण्डाका आधारमा नेतृत्व चयन गर्दा गैर लेखकले नेतृत्व लिने प्रयास हुने भएकाेले लेखकलाई नेतृत्वमा ल्याउनु परेकाे बताउनु भयाे ।
प्रलेस काेशी प्रदेशका उपाध्यक्ष दिनेश थापाकाे स्वागत मन्तव्य र सह सचिव कविता केशरीकाे स्वागत गीतबाट शुरु भएकाे साे कार्यक्रममा प्रलेस केन्द्रीय सदस्यहरु राजेन्द्र सङ्ग्राैला, बाेधकुमार घिमिरे, प्राज्ञ प्रा डा खेमराज खनाल, साहित्यकार ईरान राई, प्रलेस राष्ट्रिय परिषद सदस्य केशु कार्की, जन सांस्कृतिक महासङ्घ काेशी प्रदेश अध्यक्ष जि बि थुलुङ्ग, भरत गुरागाई बर्बरिक, प्रलेस पूर्व के स हेमनाथ अधिकारी, पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा हर्कमान तामाङ सहभागी हुनुहुन्थ्याे ।
पूँजिवादी संस्कृतिले समाज आक्रान्त भएकाेले त्यसका विरुद्ध प्रलेसले नेतृत्व गरेर अघिबढ्नु पर्ने देखिन्छ । प्रलेस पूर्व के स हेमनाथ अधिकारी पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा हर्कमान तामाङ सहभागी हुनुहुन्थ्याे । कार्यक्रममा हर्कमान तामाङले पूँजिवादी संस्कृतिले समाज आक्रान्त भएकाेले त्यसका विरुद्ध प्रलेसले नेतृत्व गरेर अघि बढ्नु पर्ने बताउनु भयाे ।
प्रतिनिधिसभा सदस्य तथा स्रष्टा राजकुमार ओझा प्रलेसले समाजमा रहेका विकृति विसङ्गती हटाएर स्वच्छ र संस्कारयुक्त संस्कृतिकाे विकासमा सहयाेग पुग्ने गरि उन्नत समाजकाे निर्माणमा अग्रसर भएर लाग्न प्रलेसमा आवद्ध लेखकहरुले भूमिका निर्वाह गर्नु पर्ने बताए ।
माेरङका स्रष्टा दिप मङ्ग्राती रचना वाचन, प्रदेश सभा सदस्य विद्या चाम्लिङ, राेशन यात्री तेह्रथुमका स्रष्टा रचना वाचन, सुनसरीका स्रष्टा मुक्ति पाेखरेलद्वारा रचना वाचन , साजन भट्टराईले गजल र शेखर थापाले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन सचिव राजेन्द्र सर्वहाराले गरेका थिए ।
सम्मेलनले झापाका विन्दु दाहाल मुकदर्शककाे नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा दिनेश थापा र शान्ति पाख्रिन सचिवमा रविन काेर्काली, सह सचिवमा कमल भट्टराई र काेषाध्यक्षमा डिल्लीराम परदेशी सर्वसम्मत चयन भएका छन् ।